प्रोफेसनल भिसा एण्ड एजुकेसन सर्भिसेसले जित्यो ‘अष्ट्रेलियन बिजनेस च्याम्पियन २०२३’ को अवार्ड

प्रोफेसनल भिसा एण्ड एजुकेसन सर्भिसेसले जित्यो ‘अष्ट्रेलियन बिजनेस च्याम्पियन २०२३’ को अवार्ड


होबार्ट अष्ट्रेलिया ।

शैक्षिक परामर्शदाताको रूपमा गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आएको प्रोफेश्नल भिसा एण्ड ऐजुकेशन सर्भिसेसले प्रतिष्ठित अष्ट्रेलियन ‘स्मल बिजनेश च्याम्पियन २०२३’ को अवार्ड जितेको छ । सन् २०१५ देखी प्रोफेशनलले माइग्रेसन (आप्रवासी सेवा) मा उत्कृष्ट काम गरे बापत उक्त अवार्ड जित्न सफल भएको हो ।

शुक्रबार अष्ट्रेलियामा आयोजित एक विशेष समारोहमा सस्थाको तर्फबाट रितु वैद्यले उक्त अवार्ड ग्रहण गरेकी हुन् । अवार्डका लागि माइग्रेसन बिधामा सक्रिय एक हजार भन्दा बढी सस्थाहरूको प्रतिस्पर्धा रहेको थियो । सो प्रतिस्पर्धामा सबैलाई पछिपार्दै प्रोफेशनल ऐजुकेशन एण्ड भिसा सर्भिसेसले उक्त प्रतिष्ठित अवार्ड जितेको हो ।

अष्ट्रेलियाका बिभिन्न शहरहरूमा शाखा कार्यालयहरु रहेको सस्थाले बुधबारबाट काठमाडौंको व्यवसायिक केन्द्र सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा नेपाल शाखा खोली सेवा शुरू गरेकोछ ।

प्रोफेशनल भिसा एण्ड सर्भिसेसका सिईओ निशान्त शर्माले अवार्ड पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले भने, ‘यो अवार्ड सस्थासंग आबद्द सबैको अथक मिहेनतको फल हो । अर्को कुरा , सस्थाबाट सेवा लिनु हुने सेवाग्राहीहरूले हामीमाथि बिश्वास गर्नु नै हाम्रो सफलता हो’।‘ अष्ट्रेलियासंगै अब नेपालबाट पनि हामीहरु सेवाग्राहीहरूलाई उत्कृष्ट सेवा दिन हरपल तयार रहेका छौ ।’

सस्थाले आफ्नो गुणस्तरीय सेवाका करण यस अघि पनि सन् २०२२–२३ मा शीर्ष–३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२–२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२–२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाईनलिष्ट, लोकल विजसेन अवार्ड २०२२ को विजेता र लोकल विजनेस अवार्ड २०२३ को फाईनलिष्ट अवार्डसमेत हात पारिसकेको छ ।