नेप्लीज नेबरहुड कम्युनिटीको अध्यक्षमा कृष्णबहादुर महरा, निर्विरोध बन्यो कार्यसमिति

नेप्लीज नेबरहुड कम्युनिटीको अध्यक्षमा कृष्णबहादुर महरा, निर्विरोध बन्यो कार्यसमिति


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको मेलबर्नउत्तर रहेका थोमसटाउन, लालोर आसपासका क्षेत्रमा बस्ने नेपालीहरुको संस्था नेप्लीज नेबरहुड कम्युनिटीको साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेका छन् । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा कृष्णबहादुर महरा छानिएका भएका छन् भने उपाध्यक्षमा विश्व खनाल, सचिवमा निर्दोष गिरी, सहसचिवमा सुनिल अनु, कोषाध्यक्षमा होमनाथ रिजाललाई छनोट गरेको छ । यस्तै कार्यसमिति सदस्यहरुमा सुष्मिता ढकाल, जमुना रिजाल अधिकारी, गोबिन्द कंडेल, धुर्ब मल्ल, अनुज श्रेष्ठ, प्रतिमा खड्का, अरुण गैरे, सन्तोष पाण्डे , धर्मराज भट्टराई, रोहित बस्नेत, शिखा ढकाल र शर्मिला श्रेष्ठ छानिएका छन् ।

साधारणसभामा अध्यक्ष अमृता गुरुङले उपस्थित सदस्यहरुलाई स्वागत गर्नुभएको थियो भने गएको कार्यकालमा गरिएका विभिन्न कार्यक्रमहरुको बारेमा प्रकाश पारेकी थिइन् । कोषाध्यक्ष होमनाथ रिजालले वार्षिक आयव्यय विवरण पेश गर्नुभएको थियो ।

यस्तै साधारणसभाले संस्थाको सल्लाहकारमा आत्मा रिजाल, अमृता गुरुङ, पिताम्बर कोइराला, प्रकाश चालिसे, सुरेन्द्र सेढाई, सुधीर शाक्य, लोकराज पौडेल र भोला गिरीलाई चयन गरेको छ ।
कार्यक्रममा बोलदै नवनिर्वाचित अध्यक्ष महराले संस्था स्थापनाको ६ वर्षमा नै धेरै काम गरेको भन्दै प्रशंसा गरे । उनले स्थापनाकालदेखि नै आफु संस्थामा क्रियाशील रहेको भन्दै सिक्दै अघि बढ्न रुचाउने समेत । मेलबर्नमा रहेका अन्य सामाजिक संघसंस्थाहरुको सहकार्य अघि बढाउने भन्दै उनले संस्थालाई राजनीतिमुक्त राख्ने प्रतिबद्धता पनि जनाएका थिए । कार्यक्रम सञ्चालन कार्यसमिति सदस्य प्रकाश रेग्मीले गरेका थिए ।

संस्थाले नेपाली बालबालिकाहरुको लागि भाषा विद्यालय सञ्चालन गरेको छ भने विभिन्न नेपाली चाडपर्वलाई सामूहिक रुपमा मनाउँदै आएको छ ।