एनआरएन अष्ट्रेलिया चुनाव : तीनभन्दा बढी सदस्यता शुल्क एकै कार्डबाट तिरिए सदस्यता रद्द

मेलबर्न अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यता शुल्क एउटै कार्डबाट तीनभन्दा बढीको गरेको भेटिए खारेज हुने भएको छ । आगामी जुलाई २९ तारिखमा निर्वाचन गराउनका लागि बनाइएको चुनाव आयोगले एक पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो। बिहीबार मेलबर्नमा आयोजित निर्वाचन कमिटिको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त टोनु घोतानेले सो कुराको जानकारी गराएका…