कँडेल कन्सल्टेन्सी फुटसल प्रतियोगिताको उपाधिका लागि १२ टिम भिड्ने

कँडेल कन्सल्टेन्सी फुटसल प्रतियोगिताको उपाधिका लागि १२ टिम भिड्ने


मेलबर्न अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको भिक्टोरिया राज्य समितिले आयोजना गरेको तेस्रो कँडेल फुटसल प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने भएका छन्। बिहीबार मेलबर्नमा एनआरएनए भिक्टोरियाले पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी गराइएको हो। 

उक्त प्रतियोगिता जुलाई १ तारिख हुँदैछ। 

कँडेल कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको फुटसल टुर्नामेन्टमा चन्द्र सूर्य एफसी, एपीङ्ग ओलर्ट नेपाली कम्युनिटी, गुल्मी टाइगर्स, रोयल वेस्टर्न क्लब एभरग्रिन, रोयल वेस्टर्न क्लब ब्ल्यु, रोयल वेस्टर्न क्लब ह्वाइट, यूनाइटेड एफसी, हिमालयन टाइगर्स, थन्डर ड्रागन ए, थन्डर ड्रागन बी, रोयल एफसी र येती एफसीबिच प्रतिस्पर्घा हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। 

प्रतियोगिताको टेक्निक एडभाइजरको रुपमा एनआरएनए भिक्टोरिया सदस्य विजय दाहाल रहेका छन्। 

प्रतियोगिताका विजेता तथा उपविजेतालाई ट्रफी, मेडल र नगद पुरस्कारको व्यवस्था गरिएको छ भने उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कारको व्यवस्था गरिएको टेक्निक एडभाइजर विजय दाहालले जानकारी दिए। 

उक्त पत्रकार सम्मेलनमा एनआरएनए भिक्टोरिया राज्यका संयोजक तथा अष्ट्रेलिया उपाध्यक्ष हरि खड्का, एनआरएनए भिक्टोरिया उपसंयोजक नारायण कटुवाल, सदस्य विजय दाहाल, खेल विभाग प्रमुख गोविन्द पाठक, युवा समिति उपसंयोजक ससेन्द्र केसी, युवा समिति सदस्य गौरव सुनार, कंडेल कन्सलटेन्टसीका निर्देशक राज कंडेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम संचालन ससेन्द्र केसीले गरेका थिए।