कँडेल कन्सल्टेन्सी फुटसलको उपाधि रोयल वेस्टर्नले जित्यो, फाइनलमा चन्द्र सूर्य पराजित

कँडेल कन्सल्टेन्सी फुटसलको उपाधि रोयल वेस्टर्नले जित्यो, फाइनलमा चन्द्र सूर्य पराजित


मेलबर्न अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको भिक्टोरिया राज्य समितिले आयोजना गरेको तेस्रो कँडेल फुटसल प्रतियोगिताको उपाधि रोयल वेस्टर्न क्लबले जितेको छ। शनिवार मेलबर्नको ब्रेब्रुक फुटसल ग्राण्डमा भएको खेलमा चन्द्र सूर्य एफसीलाई हराउँदै रोयल वेस्टर्नले उपाधि उचालेको हो। 

जितसँगै रोयल वेस्टर्न क्लबले ट्रफी, मेडल र नगद पुरस्कार पाएको छ भने उक्त प्रतियोगितामा दोस्रो भएको चन्द्र सूर्यले पनि ट्रफी, मेडल र नगद पुरस्कार प्राप्त गरेको थियो। उत्कृष्ट गोलकिपर नितेश पौडेल, हाईएस्ट स्कोरर किस्मत कुँवर, र उत्कृष्ट खेलाडीमा अमित घोषित भएका थिए। खेलका उत्कृष्ट खेलाडीलाई मेडलसहित सम्मान गरिएको थियो। 

पुरस्कार वितरण कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष दुर्गा आचार्य, एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्यका संयोजक तथा अष्ट्रेलिया उपाध्यक्ष हरि खड्का, नेपाल फुटबल संघ (एन्फा)का साहायक महासचिव बसन्तराज अर्याल, कँडेल कन्सलटेन्टसीका निर्देशक राज कँडेल र एनआरएनए भिक्टिोरियाका पदाधिकारीहरू र नेपाली संघ–सस्थाका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो।

कँडेल कन्सलटेन्टसीका निर्देशक राज कँडेलले एनआरएन भिक्टोरियाको फुटसल टुर्नामेन्टलाई प्रायोजन गर्न पाउँदा खुसी लागेको भन्दै सहभागी सम्पूर्ण टिमलाई धन्यवाद दिएका थिए। 

कार्यक्रममा बोल्दै भिक्टोरिया राज्यका संयोजक हरि खड्काले एनआरएनए भिक्टोरियाले आयोजना गरेको तेस्रो फुटसल प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने खेलाडी, मुख्य प्रायोजक, प्रायोजक र उपस्थित सबैलाई धन्यवाद दिए। उनले आफ्नो कार्यकालको यो अन्तिम कार्यक्रम भएको भन्दै दुई वर्षे कार्यकाल भिक्टोरियावासी नेपालीको साथ सहयोगले सफल भएको बताए। 

कँडेल कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको फुटसल टुर्नामेन्टमा १२ टिमले सहभागिता जनाएका थिए। जसमा चन्द्र सूर्य एफसी, एपीङ्ग ओलर्ट नेपाली कम्युनिटी, गुल्मी टाइगर्स, रोयल वेस्टर्न क्लब एभरग्रिन, रोयल वेस्टर्न क्लब ब्ल्यु, रोयल वेस्टर्न क्लब ह्वाइट, यूनाइटेड एफसी, हिमालयन टाइगर्स, थन्डर ड्रागन ए, थन्डर ड्रागन बी, रोयल एफसी र येती एफसी रहेका थिए।