लनचेस्टनमा सांस्कृतिक परेडसँगै दशैंको बिदाई, पञ्चेबाजामा रमायो अष्ट्रेलियन शहर

तास्मानिया, अष्ट्रेलिया । आइतबार तास्मानियाको लनचेस्टनमा नेपाली समुदायले आफ्नो मौलिक पोशाकमा सजिएर पञ्चेबाजासहितको परेड गर्दै यस वर्षको दशैंलाई बिदाई गरेका छन् । विभिन्न नेपाली भेषभूषाका साथ बालबालिकादेखि बुवा-आमाहरु नेपाली झन्डा लिएर सांस्कृतिक परेडमा सहभागी भएका थिए । नेपाली सोसाइटी अफ नदर्न तास्मानियाको आयोजना गरेको परेड सिभिक स्क्वायर-चार्ल्स स्ट्रिट-प्याटरसन स्ट्रिट-सेन्ट जोन्स सेन्ट हुँदै सिभिक स्क्वायरमा नै…