होबार्ट, तास्मानिया ।
नारी निकुञ्ज तास्मानियाले हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ। गैर आवासीय नेपाली संघ (एएनआरएनए) अस्ट्रेलिया अन्तर्गतको नारी निकुञ्ज तास्मानियाले तीजको दिन १८ सेप्टेम्बरमा क्लेरेमाउण्टमा सामूहिक पूजाआजा सहितको तीज कार्यक्रम गर्न लागेको हो।
निकुञ्जले विगतका वर्षहरूमा झै यसवर्ष पनि तास्मायिनयामा रहेका नेपाली महिलादिदीबहिनीहरु एक आपसमा जमघट भई पूजाआजा नाचगान सहित तीज पर्व मनाउन लागेको नारी निकुञ्ज तास्मानियाकी संयोजक आर्जु रिजाल रजकले केबीसी खबरलाई जानकारी दिइन्। सोमबार बिहान १० बजेबाट सुरु हुने उक्त कार्यक्रममा दुई घण्टा पूजाआजा गरिने उनले बताइन्। पूजाआजा सकेपछि खानपान हुने र त्यसपछि नाचगान, नाटकका कार्यक्रम रहेको उनको भनाइ छ।
‘तीजको व्रत बसेका नेपाली दिदी बहिनीहरुको उपस्थितिमा सामूहिक पूजाआजा, नाचगान र खानपान गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा फोटोग्राफी, डिजेको प्रस्तुती लगायतका अन्य कार्यक्रम पनि रहेका छन्’ उनले भनिन।
प्रवेश निःशुल्क रहेको कार्यक्रममा उपस्थित भई रमाइलो गर्न तास्मानियामा रहेका नेपाली महिलादिदीबहिनीलाई उप-संयोजक करुणा अधिकारीले आग्रह गरेकी छन्।
एनआरएनए तास्मानियाले सघाएको कार्यक्रमको टाइटल स्पोन्सरमा इनट्याकट माइग्रेसन सर्भिस र सह–प्रयोजक डरवन्त फाइनान्स रहेको छ।
प्रतिक्रिया