एन्टाको अध्यक्षमा रंजित साह निर्वाचित, महासचिवमा विकास झा

एन्टाको अध्यक्षमा रंजित साह निर्वाचित, महासचिवमा विकास झा


मेलबर्न अष्ट्रेलिया ।

एशोशिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा)को अध्यक्षमा रंजित साह निर्वाचित भएका छन्। सिड्नीको ग्रयान्भिलमा भएको वार्षिक साधारण सभाले युवा व्यवसायी साहलाई सर्वसम्मतिले चयन गरेको हो।

साहको कार्यसमितिको उपाध्यक्षमा परमानन्द साह, महासचिवमा विकास झा, कोषाध्यक्षमा सुरेन्द्र साह, कार्यक्रम संयोजकमा राकेश साह र सहकोषाध्यक्षमा रंजित दास निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यमा आरती साह, मोहम्मद सैफअली खान, प्रिया गुप्ता र विजयकुमार साह रहेका छन्। एशोशिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) न्युसाउथ वेल्स राज्यमा दर्ता भएको मधेशी समुदायको पहिलो र सबैभन्दा पुरानो संस्था हो।

दुई वर्षे कार्यकालका लागि निर्वाचित साह क्लिनिङ, कन्स्ट्रक्सन, रेष्टुरेन्ट र हाउजिङ व्यवसायी हुन्।