एभरेष्ट युनाईटेड क्लबको आयोजनामा मेलबर्नमा ‘सीयरा कप २०२३’ हुँदै

एभरेष्ट युनाईटेड क्लबको आयोजनामा मेलबर्नमा ‘सीयरा कप २०२३’ हुँदै


मेलबर्न अष्ट्रेलिया ।

एभरेष्ट युनाइटेड क्लबले सीयरा कप २०२३ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी २३ र २४ तारिख मेलबर्नमा प्रतियोगिताको गर्न लागिएको हो। सीयरा होम्सको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको विजेतालाई संयुक्त रुपमा ५ हजार अष्ट्रेलियन डलर नगद पुरस्कार, प्रमाणपत्र र शिल्ड प्रदान गरिनेछ। मुख्य प्रायोजक सीयरा होम्सले मेलबर्नमा आवासीय र व्यवसायिक घरहरु निर्माण गर्दै आएको छ ।

ग्रुप ए र ग्रुप बी गरी दुई समुहमा विभाजन गरी खेलाइने खेलका उत्कृष्ट गोलकिपर, टुर्नामेन्टकै उत्कृष्ट खेलाडी र टप स्कोररलाई पनि पुरस्कृत गरिने आयोजकले क्लबले जनाएको छ।

प्रतियोगिताको खेल्न मेलबर्नका नेपाली र अन्य समुदायका गरी १९ फुटबल क्लबले नाम दर्ता गराएका छन्। तीन विधा ओपन, वाईज (३५ वर्षभन्दा माथि) समूह र योंग गन्स (९ वर्षदेखि १३ वर्ष उमेर) समूहमा गरी १९ टिमको सहभागिता हुन लागेको हो । प्रतियोगिताको तालिका अनुसार २३ सेप्टेम्बर शनिबार विहान ९ बजे खेल सुरु हुनेछ । प्रतियोगिताको फाईनल भने आईतबार २४ सेप्टेम्बरका दिन २ बजेबाट हुनेछ।

प्रतियोगितासँगै विभिन्न अन्य पारिवारिक गतिविधि पनि सञ्चालन गरिनेछ। मुख्यत मार्बल रेस, म्युजिकल बल्स, मिट द पुलिस आयोजना गरी उपस्थित दर्शकहरुलाई प्रतियोगितासँगै अन्य गतविधिमा पनि संलग्न गराउने योजना हो।

प्रतियोगितामा एभरेष्ट युनाईटेड क्लब, ईष्टर्न वारियर्स फुटबल क्लब, रोयल वेष्टर्न क्लब, क्रेगिबर्न ब्रिगेड सकर क्लब, हिमाल व्वाईज फुटबल क्लब, यति फुटबल क्लब, युनाईटेड फुटबल क्लब, अलमान्डा फुटबल क्लब, हिमालयन फुटबल क्लबले प्रतिस्पर्धा गर्दैछन्।