मेलबर्न, अष्ट्रेलिया । मेलबर्नको मिलपार्क क्षेत्रमा बस्दै आएको एक दम्पत्तिमा पारिवारिक झगडाले हिंसात्मक रुप लिँदा ३९ वर्षीय महिला र उनीहरुको ६ वर्षीय छोरीको प्राणान्त भएको छ । गत बिहीबार साँझ प्रहरी घटनास्थलमा पुग्दा छुरा प्रहार गरी घाइते भएकी एक महिला जसले आफ्नो सुरक्षाका लागि घर नजिकैका अन्य घरमा गुहार मागेकी थिइन् उनलाई फेला पारेको थियो…