मेलबर्नमा आमा र छोरीको छुरा प्रहार गरी हत्या, आरोपी बाबु पक्राउ

मेलबर्नमा आमा र छोरीको छुरा प्रहार गरी हत्या, आरोपी बाबु पक्राउ



मेलबर्न, अष्ट्रेलिया ।

मेलबर्नको मिलपार्क क्षेत्रमा बस्दै आएको एक दम्पत्तिमा पारिवारिक झगडाले हिंसात्मक रुप लिँदा ३९ वर्षीय महिला र उनीहरुको ६ वर्षीय छोरीको प्राणान्त भएको छ ।

गत बिहीबार साँझ प्रहरी घटनास्थलमा पुग्दा छुरा प्रहार गरी घाइते भएकी एक महिला जसले आफ्नो सुरक्षाका लागि घर नजिकैका अन्य घरमा गुहार मागेकी थिइन् उनलाई फेला पारेको थियो । उनीसँगै छुरा प्रहारबाट घाइते बनेकी उनकी छोरीको पनि अस्पतलामा उपचारको क्रममा निधन भयो ।

डेन्टल नर्स पुनम शर्माका छिमेकीहरुले उनी असल आमा भएको बताएका छन् । उनी आफ्ना दुई छोरीहरु ६ वर्षकी भनिषा र १० वर्षकी एन्जेलासँगै बस्दै अँएका थिए ।

घटनास्थलबाट ४० वर्षीय प्रभलराज शर्मालाई फेला पारेका थिए । प्रहरीले पक्राउ गर्न खोज्दा निजले आफैंलाई छुरा प्रहार गर्ने प्रयास गरे ।
घाइते निजलाई पनि अस्पताल लगिएको र उनको बयान लिने तयारी छ ।

१० वर्षकी छोरीले घटना देखेका कारण उनी गहिरो पीडामा छिन् । परिवारसँग नजिक रहेका एक व्यक्तिले दि एजनलाई बताए अनुसार स्वर्गीय पुनम आफ्ना छोराछोरीको निकै मायालु थिइन् । छुरा प्रहारबाट घाइते भएपछि उनी सडकमा निस्किएकी थिइन् ।

छिमेकीहरुले चिच्याएको आवाज सुनेको बताएका छन् ।