अष्ट्रेलियाको भिक्टोरियामा एकैदिन २२ हजार कोरोना संक्रमित थपिएपछि नियम कडा बनाइयो

अष्ट्रेलियाको भिक्टोरियामा एकैदिन २२ हजार कोरोना संक्रमित थपिएपछि नियम कडा बनाइयो



मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको २४ घण्टामा करिब २२ हजार कोरोनाका नयाँ संक्रमित थपिएपछि राज्य सरकारले आज रातिबाट लागू हुनेगरी थप नयाँ नियमहरु लागू गर्ने भएको छ ।

अब एन्टीजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएमा यसको अनिवार्य जानकारी स्वास्थ्य विभागलाई दिनुपर्नेछ । टेष्टमा पोजेटिभ देखिएमा सात दिन आईसोलेसनमा बस्नुपर्ने र तत्कालै आफ्नो क्लोज कन्ट्याक्टहरुलाई खबर गर्नुपर्ने नियम लागू हुनेछ । सरकारी निकायलाई खबर गर्नका लागि अनलाईन फर्म भर्नुपर्नेछ अथवा फोनबाट जानकारी दिन सकिनेछ ।

यस सम्बन्धी वेवसाईट शुक्रबारबाट सञ्चालनमा आउने भएको छ । ईन्डोर हस्पिटालिटीका ठाउँहरुमा र मनोरञ्ज्नको क्षेत्रमा प्रतिव्यक्ति २ वर्गमिटरको नियम अब लागू हुनेछ ।

एज्ड केयर तथा अस्पतालहरुमा काम गर्नेहरुले त्यहाँ प्रवेश गर्नुपूर्व र्यापीड एन्टीजेन टेष्ट गर्नुपर्नेछ र रिजल्ट नेगेटिभ आएको हुनुपर्नेछ । नयाँ नियम अनुसार अब यदि घरबाट नै काम गर्न सकिने अवस्थामा कार्यालय नजान भनिएको छ ।

गएको २४ घण्टामा भिक्टोरियामा मात्रै २१ हजार ९ सय ९७ नयाँ कोरोनाका संक्रमितहरु फेला परेका छन् । ६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । अस्पतालमा भर्ना हुनेको संख्या गएको नोभेम्बर ६ यताको सबैभन्दा बढी रहेको छ । जसमा ५१ जना आईसीयूमा उपचार गराइरहेका छन् भने २२ जना भेन्टिलेटरको सहायतामा उपचाररत छन् ।

https://mobile.twitter.com/VicGovDH/status/1478848832897097729