अष्ट्रेलियाको हुन्डी कारोबारी ठग केसीलाई ४६ महिना जेल सजाय !

मेलबर्न, अष्ट्रेलिया । हुन्डी कारोबारमार्फत विभिन्न व्यक्तिहरुको २ लाख डलरभन्दा बढी ठगी गर्ने मेलबर्न निवासी नेपाली भरत केसीलाई ४६ महिना जेल सजाय भएको छ । आज भिक्टोरिया काउन्टी अदालतमा भएको सुनवाईमा निजलाई ४६ महिना जेल सजाय तोकिएको हो । निजले डेढ वर्ष हिरासतमा बिताइसकेका कारण थप सजाय काट्नका लागि प्रहरी हिरासतबाट जेल चलान गरिएको छ…