तास्मानियामा प्रवासी नेपाली मञ्चको कमिटी गठन, गौतम अध्यक्ष

तास्मानियामा प्रवासी नेपाली मञ्चको कमिटी गठन, गौतम अध्यक्ष


होबार्ट, तास्मानिया ।

अष्ट्रेलियाको टापु राज्य तास्मानियामा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको राज्य समिति गठन गरिएको छ । प्रवासी नेपाली मंच अष्ट्रेलियाका अध्यक्ष केशब जोशीको उपस्थितिमा सम्पन्न भेलाबाट मुगेन गौतमको नेतृत्वमा कमिटी बनेको हो । उक्त कमिटीका उपाध्यक्ष केराज खनाल, सचिव सुनिल खंडाल, सह-सचिवमा दीपक नेपाल, कोषाध्यक्षमा रबिन अर्याल र सदस्यहरूमा क्रमशः निस्चल डल्लाकोटि, रीजन लामिछाने, केदार नेपाल, आकाश पौडेल, गोबिन्द क्षेत्री, उज्ज्वल खड़का, शास्वत श्रेस्ठ, बिप्लव दाहाल, पुष्कर न्यौपाने, शिव जी पोख्रेल र पुष्पराज आचार्य छन् ।

कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष जोशीले ऊर्जावान भएर समूदायको सेवामा लाग्न आग्रह गरेका थिए । यस्तै नवनिर्वाचित अध्यक्ष मुगेन गौतमले तास्मानियामा रहेका सबै नेपालीहरूको चाहनालाइ सम्बोधन गर्नेगरी आफुहरु अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

साथै प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले भर्चुअल माध्यमबाट नवनिर्वाचित कमिटीको सफलताको कामना गरेका थिए ।