एनआरएन ओसेनिया क्षेत्रीय संयोजकमा जोशी, शर्मा र केसीबीच प्रतिस्पर्धा हुँदै

एनआरएन ओसेनिया क्षेत्रीय संयोजकमा जोशी, शर्मा र केसीबीच प्रतिस्पर्धा हुँदै


मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि विभिन्न क्षेत्रबाट उम्मेद्वारहरु निर्विरोध भएका छन् । मंगलबार साँझ प्रकाशित अन्तिम उम्मेद्वारी सूचिमा प्रतिस्पर्धी उम्मेद्वार नभएकाहरु निर्विरोध भएका हुन् । निर्विरोधहरुलाई चुनावी प्रतिस्पर्धा जितेर आएपछि अन्य विजयीसँगै सपथ गराइने भएको छ ।

यसैबीच, अष्ट्रेलियासहित ओसेनिया क्षेत्रबाट क्षेत्रीय संयोजक पदमा चुनावी प्रतिस्पर्धा हुने भएको छ भने उपसंयोजक पदमा दुईजना निर्विरोध बनेका छन् । ओसेनिया क्षेत्रीय उपसंयोजकमा अशोक केसी र रामराज ओली निर्विरोध भएका हुन् । क्षेत्रीय संयोजक पदमा लालबहादुर केसी, दिपक शर्मा र दिनेशराज जोशीबीच प्रतिस्पर्धा हुने भएको छ । यही क्षेत्रबाट ओसेनिया क्षेत्रीय महिला संयोजक पदमा उषाकिरण बारिया पनि निर्विरोध बनेकी छिन् ।

यस्तो छ अन्तिम उम्मेद्वारको नामावली र निर्विरोध बनेकाहरुको सूचि

यसैबीच, एनआरएनए निर्वाचन आयोगले केन्द्रमा प्रतिनिधिका रुपमा नाम पुगेपनि सेल्फी नखिचाएका कारण मतदान प्रक्रियामा सहभागी हुन नपाउने व्यक्तिहरुलाई सेल्फी खिच्न र अपुग कागजात बुझाउन आज बुधबार दिउँसो ४ बजेसम्मको समय दिएको छ । सेल्फी खिच्न बाँकी ४७५ जनाको नामावली पनि निर्वाचन आयोगले प्रकाशित गरेको छ भने कागजात नपुगेका १४२ जनाको सूचि पनि समावेश छ । उक्त सूचिमा अष्ट्रेलियाबाट वर्तमान उपाध्यक्ष मन केसी, महिला संयोजक भोमादेवी लिम्बु, ओसेनिया क्षेत्रीय महिला संयोजक जानकी पौडेल, पूर्वअध्यक्ष शेष घले, जोग लिम्बु, जमुना गुरुंग, कृष्णमान श्रेष्ठ, प्रवास गौतम, शेषमणि शर्माले सेल्फी खिच्न बाँकी भएको उल्लेख गरिएको छ ।

यस्तो छ सूचि –