होबार्टमा होली मनाउन शुक्रबार ममको कुपन बाँडिदै !

होबार्टमा होली मनाउन शुक्रबार ममको कुपन बाँडिदै !


होबार्ट, तास्मानिया ।
अष्ट्रेलियाको होबार्टमा शुक्रबार नेपालीहरुको पर्व होलीको अवसरमा मम एण्ड होली धमाका हुने भएको छ । ग्लोबल मार्क एजुकेशन एण्ड भिसाको आयोजनामा हुन लागेको कार्यक्रममा विद्यार्थीहरुका लागि निःशुल्क मम कुपन उपलब्ध गराउने आयोजक संस्थाले जानकारी दिएको छ ।

भिसा र माईग्रेसनको क्षेत्रमा काम गरिरहेको ग्लोबल मार्कले शुक्रबार १८ तारिख दिउँसो २ बजेदेखि ५ बजेसम्म आफ्नो कार्यालयबाट विद्यार्थीहरुलाई ममको कुपन वितरण गर्ने निर्देशक अरुण चित्रकारले जानकारी दिए ।