मेलबर्नमा हर्टएट्याकबाट निधन भएका सुसन खतिवडाको परिवारलाई सहयोग अपिल !

मेलबर्नमा हर्टएट्याकबाट निधन भएका सुसन खतिवडाको परिवारलाई सहयोग अपिल !


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएको नेपाली युवा सुसन खतिवडाको गत शनिबार १३ मार्चमा ३९ वर्षको उमेरमा हृदयघातबाट निधन भएपछि यहाँको समूदाय यतिबेला परिवारमा पर्नगएको बज्रपातबाट थपिएको आर्थिक भारलाई केही भएपनि कम गर्न जुटेको छ ।
स्व. सुसनको शवलाई नेपालमा धरानस्थित उनको घर लैजानका लागि एनआरएन भिक्टोरिया र गुल्मी समाज भिक्टोरियाले सहयोग गोफन्डमी मार्फत सहयोग संकलन सुरु गरेका छन् । एक साताभित्रै एनआरएनको अभियानमार्फत विभिन्न १ सय १७ जनाले १६ हजार अष्ट्रेलियन डलरभन्दा बढी सहयोग गरिसकेका छन् ।

शनिबार निधन भएका खतिवडाको एक श्रीमती र तीन छोराछोरी छन् । एनआरएन भिक्टोरियाले जारी गरेको सहयोग अपिलमा परिवारको एक्लो सन्तान खतिवडा मेहनती रहेको भन्दै उनको अभावमा परिवारमा पर्न गएको आर्थिक भार, छोराछोरी र श्रीमतीको नेपाल जाने हवाई टिकट लगायतमा सहयोग रकम खर्च गरिने उल्लेख छ ।

यदि तपाईं पनि नेपाली युवाको परिवारमा पर्नगएको अचानकको यो बज्रपातमा थोरै सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गरी सहयोग गर्न सक्नुहुनेछ Click Here >>>