‘जन्मस्थलमा गैरआवासीय नेपाली’ अभियान चलाइने

‘जन्मस्थलमा गैरआवासीय नेपाली’ अभियान चलाइने


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा ‘जन्मस्थलमा गैरआवासीय नेपाली अभियान’ सञ्चालन गरिने बताएका छन्।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले ‘विदेशको आम्दानी, स्वदेशको लगानी’ अन्तरगत गैरआवासीय नेपालीको पूँजी, प्रविधि र सीपलाई मातृभूमिसँग जोड्न ‘जन्मस्थलमा गैरआवासीय नेपाली अभियान’ सञ्चालन गरिने बताएका हुन्।

उनले भने, ‘विदेशको आम्दानी, स्वदेशको लगानीअन्तरगत गैरआवासीय नेपालीको पूँजी, प्रविधि र सीपलाई मातृभूमिसँग जोड्न जन्मस्थलमा गैरआवासिय नेपाली अभियान सञ्चालन गरिने छ।’

मन्त्री पुनले गैरआवासीय नेपालीद्वारा स्थापित ‘एनआरएन डेभलपमेन्ट फन्ड’ को उपयोग र लगानीका थप अवसर प्रवर्द्धन गर्न सहजीकरण गरिने पनि बताए।