एनआरएनए क्वीन्सल्याण्ड अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीसँग अन्तर्क्रिया गर्दै

एनआरएनए क्वीन्सल्याण्ड अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीसँग अन्तर्क्रिया गर्दै


व्रिजवेन क्वीन्सल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्वीन्सल्याण्डले अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ। जुन ७ तारिख (शुक्रबार) दिउँसो २ः३० बजे न्यू र्फाम पार्कमा उक्त कार्यक्रमको राखेको एनआरएनए क्वीन्सल्याण्डका संयोजक शम्भु गाईसीले जानकारी दिए। 

एनआरएनए क्वीन्सल्याण्डले केही महिना अघि स्टुडेन्ट सपोर्ट टिम गठन गरेका थियो। फल स्वरुप अहिले अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीका समस्या, गुनासा, मानसिक स्वास्थ्य र घरेलु हिंसा, कलेज तथा विश्वविद्यालयको मार्ग दर्शन तथा विद्यार्थीले भोगेका यावत समस्याका बारेमा अन्तर्क्रिया हुने एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष गाईसीले बताए। पछिल्लो समय अष्ट्रेलियामा समुन्द्रमा डुबेर अनाहाकमा ज्यान गुमाउने संख्या बढ्दै गएकाले समुन्द्रमा जाँदा अपनाउनु पर्ने सावधानीका विषयमा पनि अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीलाई सचेत गराइने उपाध्यक्ष गाईसीको भनाइ छ। 

अन्तरक्रियामा उठेका यावत समस्याहरूको रिपोर्ट तयारी गरी सम्बन्धित ठाउँमा पुर्याएर विद्यार्थीका समस्या समाधान गर्ने प्रयास गरिने छ, उनले भने। संयोजक गाइसीले भोलिको कार्यक्रम विशेष रहेकाले क्वीन्सल्याण्डमा रहेर अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेका छन्। 

फ्यूचरिस्टिक्स ट्रेनिङ एण्ड एजुकेसन अष्ट्रेलियाले मुख्य प्रयोजन गरेको उक्त अन्तर्क्रिया कार्यक्रममा बाबिक्यु र सफ्ट ड्रिङसको पनि व्यवस्था गरिएको एनआरएनए क्वीन्सल्याण्डका सचिव श्याम बस्नेतले बताए। कार्यक्रममा सहभागीलाई मनोरन्जन हेतु फ्रि राफल चिठ्ठ पनि खेलाइने छ। राफल चिठ्ठा पार्ने भाग्यमानी विद्यार्थीले ल्यापटप जित्नेछन्, सचिव बस्नेतले भने।