एनआरएनए अष्ट्रेलियाले तास्मानियामा सामुदायिक प्रतिभाको प्रोत्साहन गर्न ‘ओपन माइक’ कार्यक्रम गर्दै

एनआरएनए अष्ट्रेलियाले तास्मानियामा सामुदायिक प्रतिभाको प्रोत्साहन गर्न ‘ओपन माइक’ कार्यक्रम गर्दै


तास्मानिया अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया युथ फोरमले तास्मानियामा सामुदायिक प्रतिभा देखाउने ओपन माइक कार्यक्रमको आयोजना गर्ने भएको छ। एनआरएन अष्ट्रेलिया अन्तर्गतको सांस्कृतिक प्रवर्द्धन तथा बजार समितिले यही जुन १५ तारिख दि चोक नेप्लिज पव होबार्टमा नेपाली समुदायमा लुकेर रहेका प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको एनआरएनए अष्ट्रेलिया नेश्नल युथ फोरमका कोषाध्यक्ष अशिम घिमिरेले जानकारी दिएका छन्।

एनआरएनए तास्मानियाले साथ दिएको उक्त कार्यक्रममा गीत, संगीत, कथा, कविता, कमेडी, नित्य, जादुलगायतका प्रतिभा देखाउन सकिने उनको भनाइ छ। कार्यक्रममा लोक दोहोरी डिजे र बालबालिकाको प्रतिभा पस्तुत पनि गरिने उनले बताए। तास्मानियामा रहेका नेपालीवासी नव आगन्तुक विद्यार्थी, नेपालबाट अष्ट्रेलिया घुम्न आएका अभिभावक लगायत सबैलाई कार्यक्रममा उपस्थितिका लागि उनले आग्रह गरिएको छ।

एनआरएन युथ फोरमले पहिलो तास्मानियामा ओपन माइक कार्यक्रम गर्न लागेको भन्दै यसको उपदयता देखिएमा अष्ट्रेलियाका अन्य सहरहरुमा पनि गर्न सकिने बताएका छन्। नेपाली समुदायमा रहेको प्रतिभालाई बाहिर ल्याएर अष्ट्रेलियाको बहु सांस्कृतिक समाजमा आफ्नो कला संस्कृतिको प्रवर्द्धनमा बल पुग्ने उनले बताए। यस्ता कार्यक्रमले यहाँको नेपालीवासीबीच आत्मीयता र सहयोग आदान–प्रदानमा पनि सहयोग मिल्ने कोषाध्यक्ष घिमिरेको विश्वास छ।

कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्न चाहनेले एनआरएनए तास्मानियाका उपसंयोजक उत्तम अधिकारी र एनआरएनए तास्मानिया कल्चरल कोर्डिनेटर विष्णु थपलियालाई सम्पर्क गरेर आफ्नो नाम दर्ता गराउन आग्रह गरिएको छ।