बुधबार भिक्टोरियाको संसदमा एभरेष्ट डे मनाईँदै !

बुधबार भिक्टोरियाको संसदमा एभरेष्ट डे मनाईँदै !


मेलबर्न, अष्ट्रेलिया ।
हिमाल बचाउँ भन्ने नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय सगरमाथा दिवस अष्ट्रेलियाको भिक्टोरियास्थित संसद भवनमा मनाइने भएको छ । फेडरेसन अफ नेप्लीज कम्युनिटि एशोसिएसन अफ अष्ट्रेलिया फेन्काको आयोजनामा हुन लागेको कार्यक्रम बुधबार २८ मे तारिखमा हुनेछ ।

भिक्टोरिया राज्यका सांसदहरु, नेपाली समूदायका अगुवाहरु, नेपाल भ्रमण गरिसकेका अष्ट्रेलियन नागरिकका साथै वातावरण संरक्षणमा अग्रणी रहेका व्यक्तित्वहरु कार्यक्रममा सहभागी हुने फेन्काका अध्यक्ष बम योन्जनले जानकारी दिए । उनका अनुसार हरेक वर्ष मनाइने ईन्टरनेशनल एभरेष्ट डे अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो ।

यस कार्यक्रममा क्रेगीबर्न नेप्लीज कम्युनिटी, नेप्लीज एशोसिएसन अफ भिक्टोरिया, दिदीबहिनी समाज, मगर समाज लगायतका संघसंस्थाले हातेमालो गरेका छन् ।
अघिल्लो वर्ष संसदमै आयोजना गरिएको कार्यक्रममा भिक्टोरियाकी प्रिमियर समेत सहभागी भएकी थिइन् ।
कार्यक्रममा हिमाली क्षेत्रमा बढ्दै गएको हिउँ पग्लिने क्रम र यसले पर्यावरणमा पारेको असरका बारेमा चर्चा हुनेछ ।