एडिलेड। नेपाली समुदायको सांस्कृतिक पहिचान, महिला सहभागिता र सामुदायिक एकताको सन्देशसहित दक्षिण अष्ट्रेलियामा ‘नारी निकुञ्ज तीज उत्सव २०२६’ आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाअन्तर्गत नारी निकुञ्ज महिला फोरम दक्षिण अष्ट्रेलियाले आगामी २९ अगस्ट २०२६ मा एडिलेडको क्लोभेली पार्कस्थित कस्ग्रोभ हल, योर्क एभिन्युमा कार्यक्रम आयोजना गर्न लागेको हो। साँझ ५ बजेदेखि राति १०…