कांग्रेस सभापति देउवाले भेटे मारिएका पत्रकार सुरेश रजकको परिवार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने(घटनामा ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन् ।सभापति देउवाले आइतबार दिउँसो स्वर्गीय पत्रकार रजकको डल्लुस्थित निवासमा पुगेर भेटेका हुन् । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको निधन भएको…