कारण नखोली राप्रपा केन्द्रीय सदस्यले दिइन् राजीनामा

कारण नखोली राप्रपा केन्द्रीय सदस्यले दिइन् राजीनामा



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी केन्दीय सदस्य सीता बस्यालले साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् ।
उनले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेकी हुन् । पार्टीमा रहँदा पाएको अनुभव, साथ,सहयोग,विश्वासप्रति उनले आभार समेत प्रकट गरेकी छन् ।
“पार्टीमा रहँदा पाएको अनुभव, साथ, सहयोग र विश्वासप्रति आभार प्रकट गर्दछु । आगामी दिनहरूमा पार्टीलाई उत्तरोत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्दै म मेरो औपचारिक जिम्मेवारीबाट अलग निर्णयमा पुगेकी छु,” उनले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै फेसबुकमा लेखेकी छन् ।