बागमती सरकारद्वारा आर्थिक वर्षको अन्त्यतिर सांसद योजनामा बजेट थप

चितवन । बागमती प्रदेश सरकारले आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा प्रदेश सांसदहरूको योजनामा बजेट थप गर्न थालेको छ। बजेट खर्चको दर कम देखिएको अवस्थामा सांसदहरूको माग अनुसार योजना परिवर्तन गर्दै बजेट थप गरिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सांसदका योजनामा बजेट थप गर्न सम्बन्धित मन्त्रालयहरूलाई यसअघि नै पत्राचार गरिसकेको छ। मन्त्रालयहरूले उक्त योजनाका विवरणहरू आर्थिक मामिला…