राप्रपा विवाद : हात्तिसारमा भेला भए लिङ्देन विरोधी समूह

राप्रपा विवाद : हात्तिसारमा भेला भए लिङ्देन विरोधी समूह


काठमाडौँ । राप्रपाभित्र विवाद बढिरहेका बेला इतर समूहको बैठक राजधानीको हात्तीसारमा बसेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई एकलौटी ढंगले चलाइरहेको भन्दै असन्तुष्ट बनेका विरोधी समूहका नेताहरू सोमबार हात्तीसारस्थित नेपाल हाउसमा छलफलमा जुटेका हुन् ।

विरोधी समूहका एक नेताले केही पदाधिकारीसहित ७० जनाको हाराहारीमा नेताहरू छलफलमा जुटेको बताए । बैठकले पार्टीको गलत निर्णय सुधारका लागि दबाब दिने रणनीति लिने उनको भनाइ छ । यस्तै बागमती प्रदेश अध्यक्ष विक्रम बहादुर थापा, कर्णाली प्रदेश अध्यक्ष दिपबहादुर शाही, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य जगत गौचन, प्रवक्ता (पदमुक्त भएका) सगुन सुन्दर लावती, सहमहामन्त्री रवीन्द्र प्रताप शाह, सहायक प्रवक्ता प्रबिन कुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, ऋषिराज देबकोटा र सौरेन्द्र बहादुर शाहलगायत ७० जना सहभागी छन् ।

अध्यक्ष लिङ्देनले अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलगायतलाई पदमुक्त गरेपछि इतर समूहका नेताहरुले लिङ्देनविरुद्ध मोर्चाबन्दी गर्दै आएका छन् ।