काठमाडौं । उच्च अदालत पाटनले तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीले सोमबार यस्तो आदेश दिएका हुन् । विभिन्न व्यवसायीलाई अन्टसन्ट बोलेर चर्चामा आएका प्रसाईंले पछिल्लो पटक राजालाई स्थापित गर्ने भन्दै आफ्नो योजना अघि सारेका थिए ।
सेना जस्तै स्व्यंसेवी दस्ता बनाएका उनले तिनलाई सार्वजनिक स्थलहरुमा आगो लगाउन, तोडाफोड गर्न र हिंसा मच्चउन उक्साएको आरोप थियो । विभिन्न बैंकबाट करोडौं हैन अरबौं ऋण लिएका प्रसाईं उच्च नेताहरुलाई पनि गाली गलौज गर्दा निर्धक्क सार्वजनिक रुपमा घुमिरहेका थिए । केही युट्युबरलाई तलबी रुपमा पालेर आफ्नो प्रचार प्रसार उनले गराउने गर्दथे ।
बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अपराधमा ३ लाख ५० हजार धरौटीमा छोड्न आदेश भएको हो । तीनकुने घटनासम्बन्धी मुद्दामा उनलाई साढे ३ लाख रुपैयाँ धरौटी मागिएको छ । प्रसाईंसँगै तीनकुने घटनामा पक्राउ परेका चार जनालाई पनि छोड्ने आदेश न्यायाधीशद्वयले गरेका छन् ।
प्रतिक्रिया