प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा


तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका तुर्कमेनिस्तान पुग्नुभएको छ ।

उहाँलाई तुर्कमेनिस्तान अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार (मन्त्रिपरिषद) का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग, न्युयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गर्नुभयो ।

यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली यहाँ आउनुभएको हो ।