काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको उद्घाटन सत्रमा आफ्नो धारणा राख्दै कसैप्रति पनि नकारात्मक टिप्पणी नगर्ने र ससम्मान बिदाईको चाँजो मिलाउने बताएका छन् । महाधिवेशन प्रतिनिधिहरुको जोडबलमा नै विशेष महाधिवेशन सम्भव भएको भन्दै आफुहरु पनि सहभागी हुन अतिथिको रुपमा मात्रै आएको समेत भन्न भ्याए । उनले भाषण गरिरहँदा करिब दिनभर नै धैर्यतापूर्वक…