काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ । काठमाडौँको बबर महलस्थित कार्की व्यांकेटमा बिहान ११ बजेदेखस भेला सुरु हुँदैछ । राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए । पार्टी स्थायी कमिटीको बैठकले बैठकका एजेन्डाहरू अनुमोदन गरेको छ । जसमा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरूको कार्यान्वयन एकरुपमता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने भट्टले जानकारी दिए ।
भेलामा केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश र जिल्लाका पदाधिकारी,पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसङ्गठन, केन्द्रीय निकाय, सङ्घीय र प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू सहभागी छन् ।
भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सहित सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी वरिष्ठ नेता विद्यादेवी भण्डारी,उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।

प्रतिक्रिया