जनकपुर ४ विकेटले पराजित, चितवन प्ले अफ नजिक

जनकपुर ४ विकेटले पराजित, चितवन प्ले अफ नजिक


नेपाल प्रिमियर लिगमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।
चितवनका लागि डाविड मलानले सर्वाधिक ३५ रन बनाए । कुशल मल्लले १५, रवि बोपाराले १३ तथा कामिल मिशाराले १२ रन जोडे । जनकपुरका राहुल यादवले ३ तथा ललित राजवंशीले २ विकेट लिए । विशाल सुशलिङले १ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनाएको थियो । जनकपुरका कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए । विशाल सुशलिङले १५, सन्तोष कार्कीले १० तथा राहुल यादवले अविजित १० रन जोडे ।
चितवनका रञ्जित कुमारले ३ विकेट लिए । सिकन्दर राजाले २ तथा कमिल मिशारा र रिजन ढकालले समान २ विकेट लिए । जितसँगै चितवन प्ले अफ नजिक पुगेको छ ।