प्रधानमन्त्री तुर्कमेनिस्तान जाँदै, भूपरिवेष्ठित राष्ट्रको समस्या केलाइने

प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। यही साउन २० देखि २३ गतेसम्म ( ५ देखि ८ अगस्ट २०२५) आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा…