प्रधानमन्त्री साहको ठूलो खुलासा, नेपालले पनि भारतको भूमि मिचेको रहेछ

प्रधानमन्त्री साहको ठूलो खुलासा, नेपालले पनि भारतको भूमि मिचेको रहेछ



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले आइतबारको संसद बैठकमा उपस्थित भई सांसदहरुको सवालको जवाफ दिएका छन् । लिम्पियाधुरा लगायतको भूभागबारेमा सरकारले कुटनीतिक नोट पठाइसकिएको र त्यहीअनुरुप त्यो समस्या समाधान गर्ने उनले बताए ।
प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री साहले सो कुरा बताएका हुन् । उनले बेलायत र भारत दुवै पक्षसँग कुटनीतिक तरिकाबाट समस्या सुल्झाइने बताए । नेकपा एमाले संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले यो प्रश्न उठाएकी थिइन् ।
कम विकाशसील देशबाट विकासशील देशमा उकास्न र देशको आर्थिक अवस्था बढाउनतिर सरकारको ध्यान गएको प्रधानमन्त्री साहले बताए । विपन्नहरु महँगो कलेजमा पढ्न नसक्ने हुनाले त्यस्ता विद्यार्थीका लागि यसअघि काठमाडौं महानगरपालिकाले समेत त्यो काम गरेको स्मरण गर्दै उहाँले सरकारले देशभरी त्यो व्यवस्था लागू गर्न खोजेको उनको भनाई थियो ।
संविधानमा निःशुल्क शिक्षाको व्यवस्था भए पनि सरकारको बजेटले नभ्याउने भन्दै प्रधानमन्त्री साहले विपन्न परिवारका विद्यार्थीलाई सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सुकुम्बासीको विषयमा सांसदहरुले उठाएको जिज्ञासामा प्रधानमन्त्री साहले सुकुम्बासीको समस्या स्थायी रुपमा समाधान गर्न होल्डिङ सेन्टरमा सारिएको बताए । नदी किनारमा फोहोर ठाउँमा बसेर सुकुम्बासी परिवारहरु जोखिममा रहेको र विभिन्न रोगबाट ग्रस्त रहेकाले ज्यानबाट जोगाउन उहाँहरुलाई खोला किनारबाट सारेको दावी छ ।
ु३५ वर्षमा नभएको काम ३५ दिनमा नखोजौं, अलि समय त लाग्छ तर समाधान हुन्छु प्रधानमन्त्रीको भनाई छ ।

सहकारी पीडितहरुको पैसा तिर्ने व्यवस्था हुने बताउँदै प्रधानमन्त्री साहले त्यसबारेमा प्रक्रिया सुरु भइसकेको बताए । आयोगका विभिन्न प्रतिवेदनलाई अध्ययन गरी सम्बोधनका लागि सरकारले पहल लिइरहेको उनको भनाई थियो । बाँदर व्यवस्थापनको विषय कठिन विषय भएको भए पनि व्यवस्थापनका लागि आवश्यक पहल लिने प्रधानमन्त्रीले बताए ।