काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सिंहदरबारमा आयोजित सचिवहरू, सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकमा सरकारको सेवा प्रवाहलाई प्रभावकारी र परिणाममुखी बनाउन १४ बुँदे निर्देशन दिनुभएको छ। उहाँले विषयगत मन्त्रालयका सचिवहरूको प्रस्तुति सुनेपछि सुधारका कार्ययोजनाहरू प्रशंसनीय रहेको बताउँदै ‘सुधारका योजनाले आम नागरिकलाई प्रत्यक्ष रूपमा छुन सक्नुपर्छ’ भन्नेमा जोड दिनुभयो। प्रधानमन्त्रीले देशमा सुशासन, पारदर्शिता र…