अन्डर २० फुटबल च्याम्पियनशिप : नेपाल सेमिफाईनलमा

काठमाडौँ स् यु–२० साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ कम्प्लेक्सको खेल मैदानमा मङ्गलवार भएको खेलमा समूह ‘ए’ मा रहेको श्रीलङ्का बङ्गलादेशसँग ०–२ गोल अन्तरले पराजित भएपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। यसअघि नेपालले उद्घाटन खेलमा श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै समूह ‘ए’…