काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासत मुक्त भएका छन् । उनी पोखराबाट हिरासत मुक्त भएपछि स्थलमार्ग हुँदै काठमाडौं आएका छन् । हिरासतबाट धरौटीमा छाड्न आदेश भएपछि निकै खुशी मुद्रामा बाहिरनिस्किएका उनले समर्थकहरुलाई हात हल्लाएर अविवादन मात्र गरेनन् आफुले समय आएपछि बोल्ने समेत बताए । उनको शारीरिक हाउभाउ देख्दा अझै पनि पुरानै जोशमा रहेको देखिएका थिए ।
उनी रिहा भएपछि धेरैले देखेको दृश्य भने उनी थोरै मोटाएका छन् । हिरासत बसाईका क्रममा खानपान नमिलेकाले उनी मोटाएको हुनसक्ने धेरैले अनुमान गरेका छन् । उता बिहीबार छुट्दा शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने लिखित गरेका उनले त्यो म्याद भने गुजारेका छन् ।
प्रतिक्रिया