मेलबर्न, अष्ट्रेलिया ।
नेप्लिज एसोसियसन अफ भिक्टोरियाको आयोजनामा न्याभ कपको २० औं संस्करण आगामी जनवरी १२ देखि सुरु हुने भएको छ । आईतबार मेलबर्नमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको समापन करिब तीन महिनापछि मार्च ९ तारिखमा हुने जानकारी गराइएको छ ।
ग्लेनरोयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेप्लिज एसोसियसन अफ भिक्टोरियाका अध्यक्ष डा। एकिन्द्र तिमिल्सीनाले न्याभले खेलमार्फत नेपाली समुदायलाई जोड्ने कामलाई निरन्तरता दिइरहेको बताएका थिए । यसमा समूदायको सहभागिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले सहभागी हुन सबैलाई उनले अनुरोध गरे ।
न्याभ कपको बिजेताले ५ हजार १ सय अस्ट्रेलियन डलर पुरस्कार राशीका साथै ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपबिजेताले २ हजार अस्ट्रेलियन डलर पुरस्कार राशी र ट्रफी प्राप्त गर्नेछ । पत्रकार सम्मेलनमा बिजेता र उप बिजेताले प्राप्त गर्ने ट्रफी पनि सार्वजनिक गरिएको थियो । यस प्रतियोगितामा १८ टिमको सहभागिता रहने र भिक्टोरियन नेप्लीज क्रिकेट एसोसिएसनले खेलको प्राविधिक ब्यबस्थापन गर्ने बताइएको थियो । ट्रफी सार्वजनिकसँगै खेल तालिका पनि सार्वजनिक गरिएको छ ।
न्याभ कपलाई अस्ट्रेलियामा रहेका विभिन्न ब्यवसायिक प्रतिष्ठानहरूले प्रायोजन गर्ने भएका छन्। यसमा एक्सपर्ट एजुकेसन र भिसा सर्भिसेज, ग्रेस इन्टरनेशनल, सोल्भ एजुकेसन र मिराकल एजुकेशनले प्लेटिनम स्पन्सरको रूपमा आबद्ध भएका छन् भने म्याक्सिम्याक्स एजुकेसन एण्ड माईग्रेसन सर्भिसेजले भिसा पार्टनरको रूपमा त्यसै गरि हस्पिटालिटी पार्टनर फ्युजन रेस्टुरेन्ट र गोल्ड स्पन्सरमा भि.एक्स.एल. एजुकेशन आबद्ध भएको छ ।
पत्रकार सम्मेलनमा सहभागीहरुलाई एसोसियसनका उपाध्यक्ष सुदिप श्रेष्ठले स्वागत गरेका थिए ।
कार्यक्रममा एनआरएन भिक्टोरियाका उपसंयोजक महादेब धानुक, भीएनसीएका अध्यक्ष सुदिप न्यौपाने, प्रकाश रेग्मी, वसन्त पोख्रेल, सौगात कार्की, ससेन्द्र केसी, सुमन अधिकारी ध्रुव अधिकारी, आकाश मुडभरी लगायतले कार्यक्रमको महत्त्वबारे आफ्ना कुराहरु व्यक्त गर्दै खेलको सफलताको शुभकामना दिएका थिए भने कार्यक्रमको सञ्चालन नेप्लिज एसोसियसन अफ भिक्टोरियाका सचिब तथा खेल संयोजक उज्ज्वल अधिकारीले गरेका थिए ।
प्रतिक्रिया