ललितपुर । आज श्रीकृष्ण जन्माष्टी, नेपालभित्र र नेपाल बाहिर विभिन्न कृष्ण मन्दिरहरुमा यतिबेला दर्शनार्थीको भीड लागेको छ । अष्ट्रेलियाको मेलबर्नमा रहेको बहुसांस्कृतिक केन्द्रमा विहानदेखि साँझसम्म नै कृष्ण भजनका साथ पूजाआरति गरिँदैछ । साँझ दीप प्रज्वलन गर्ने तयारी रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । उता, नेपालमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।…