काठमाडौं। गायिका नितु पौडेलको उपचार क्रममा शुक्रबार बिहान निधन भएको छ। गत शनिबार दिउँसो उनले अनामनगरस्थित संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैंमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। गम्भीर रूपमा घाइते पौडेललाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा पौडेलको शुक्रबार बिहान ८:३० बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ।…