काठमाडौं। नेपालले शुक्रबार सम्पन्न आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोट प्रतियोगिताको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ। अपराजित रहँदै फाइनल खेलमा समोआलाई १२४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।
यससँगै नेपाल, आयोजक ओमान र युएईले सन् २०२६ फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान सुनिश्चित गरेका छन्।

प्रतियोगिता भरि उत्कृष्ट लयमा रहेको नेपालले खेलिएको सबै ६ खेल जित्यो। समूह चरणमा नेपालले कुवेत र जापानलाई हरायो भने सुपर-६ मा युएई र कतारमाथि विजय हासिल गर्दै विश्वकपका लागि छनोट भएको थियो। त्यसपछि घरेलु टोली ओमानलाई हराउँदै फाइनलमा पुगेको नेपालले शुक्रबार समोआलाई पराजित गर्दै सात वर्षपछि आइसिसी उपाधि जित्ने गौरव हासिल गर्यो।
प्रतिक्रिया