स्टुडियोमा आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको निधन

स्टुडियोमा आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको निधन


काठमाडौं। गायिका नितु पौडेलको उपचार क्रममा शुक्रबार बिहान निधन भएको छ।

गत शनिबार दिउँसो उनले अनामनगरस्थित संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैंमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। गम्भीर रूपमा घाइते पौडेललाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।

तर, उपचारकै क्रममा पौडेलको शुक्रबार बिहान ८:३० बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ।

संगीत क्षेत्रमा सक्रिय रहेकी पौडेलले केही वर्षयता विभिन्न गीतहरूमा स्वर दिँदै आएकी थिइन्। उनको असामयिक निधनले नेपाली संगीत क्षेत्र स्तब्ध भएको छ।