पूर्वविजेतालाई नै ५ विकेटले पराजित गर्दै काठमाडौंको सानदार सुरुवात

पूर्वविजेतालाई नै ५ विकेटले पराजित गर्दै काठमाडौंको सानदार सुरुवात


काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डु गोर्खाजले विजयी सुरुवात गरेको छ ।

सुरुमा ब्याटिङ गरेको जनकपुरले जितको लागि दिएको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा भेट्टाएको हो । काठमान्डुका लागि बेन चार्ल्सवर्थ ४६ रन बनाए । भने आकाश त्रिपाठीले ३९ रन लिए ।

जनकपुरका लागि किशोर महतो, अनिल शाह, ललितनारायण राजवंशी, रुपेश सिंह र सञ्जय कृष्णमूर्तिले एकएक विकेट हात पारेका थिए ।

पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभरमा छ विकेट गुमाएर १३० रन बनाएको थियो ।

जनकपुरको लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिनुभयो । उहाँले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाउनुभयो । यस्तै, मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाउन सफल भए । लाहिरु मिलन्था सात रनमा आउट भए ।

काठमान्डु गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिए भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक एक विकेट लिएका थिए ।

एनपिएलको दोस्रो दिन आज दुई खेल हुँदैछन् । पहिलो खेलमा चितवन र कर्णालीले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।