ब्रिसबेन,अष्ट्रेलिया । एनआरएन क्विन्सल्यान्ड राज्य कमिटीलेले आयोजना गरेको नेपाल फेस्टिभल ब्रिसबेन सुरु भएको छ । ब्रिसबेनको किंग जर्ज स्क्वाएरमा आ–आफ्नो मौलिक भेषभुषामा जम्मा भएका नेपालीले परेड गरेसँगै कार्यक्रमको सुरुवात भएको हो । परेडमा संस्कृतिक झाँकी, बहुसांस्कृतिक समुदायलाई झल्काउने भेषभूषासहित नेपाली मौलिक बजामा सहभागी रमेका देखिन्थे । परेडको मुख्य आकर्षकका रुपमा कुमारीको रथ रहेको थियो। परेडमा…