कोरोना लागेकाहरुलाई दिइने ७ सय ५० डलरको सहायता तीन महिना थप

मेलबर्न, अष्ट्रेलिया । कोरोना लागेका कारण काममा जान नसकेको तथा काममा पनि बिदा सञ्चित नरहेकाहरुले पाउँदै आएको ७ सय ५० डलरको सहायता रकम हटाउने निर्णयबाट अष्ट्रेलिया सरकार पछि हटेको छ । यो निर्णयको आलोचनासँगै पुनः कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले मन्त्रिपरिषद्को बैठक बोलाएर यस सम्बन्धी निर्णय गर्दै आगामी सेप्टेम्बर महिनासम्म कायम राख्ने जनाएको हो ।…