प्रेमप्रसाद आचार्यको ऋण मोचनका लागि अष्ट्रेलियामा ‘गो फण्डमी’ संचालन

प्रेमप्रसाद आचार्यको ऋण मोचनका लागि अष्ट्रेलियामा ‘गो फण्डमी’ संचालन


मेलबर्न अष्ट्रेलिया ।

संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको ऋण मोचनका लागि अष्ट्रेलियामा गो फण्डमी संचालन गरिएको छ। दश हजार अष्ट्रेलियन डलर उठाउने लक्ष्य लिएको गो फण्डमी दिपक जमकटेलले संचालन गरेका हुन्

अष्ट्रेलियामा संचालन गरेको गो फण्डमी मार्फत यो समाचार तयार पार्दासम्म ५ हजार २६६ अष्ट्रेलियन डलर रकम संकलन भएको छ। तपाई पनि यस अभियानमा सहभागी हुन चाहनुहुन्छ भने यो लिङ्कमा क्लिक गरेर सहयोग गर्न सक्नुहुने छ। 

आचार्यले आत्मदाह गर्नुअघि सुसाइड नोटमा ऋण तिर्न सहयोगका लागि आग्रह गरेका थिए। दिवंगतको आचार्यको अन्तिम ईच्छा पूरागरिदिनु र उनको परिवारलाई ऋणमुक्त गर्नु समाजको कर्तव्य हो भन्दै विश्वभर रहेका नेपालीहरूले सहयोग गरिरहेका छन्। 

मंगलबार वानेश्वरस्थित सङ्घीय संसद भवनअगाडि आचार्य आफैलाई पेट्रोल छर्किएर आगो लगाएका थिए। बुधबार बिहान उपचारका क्रममा आचार्यको निधन भएको थियो।