मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुले स्थापना गरेको अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरले आफ्नो १ सय १९ रोपनी क्षेत्रफलको हाताभित्र सञ्चालन गर्न लागेको मन्दिर र बौद्ध ध्यान केन्द्रका लागि ४ वटा मूर्तिहरु मेलबर्न आइपुगेका छन् । भारतबाट ल्याइएका ति मूर्तिहरुलाई आईतबार संस्थाका पदाधिकारीहरुले प्याकेजबाट खोलेर आफ्नो हाताभित्र थन्क्याएका छन् । सर्वसाधारणका लागि भने…