मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियन ओपन टेनिसको उपाधि सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले जितेका छन् ।
मेलबर्नमा आइतबार भएको फाइनल खेलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई ३–० को सोझो सेटमा पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् । ३५ वर्षीय जोकोभिचले सित्सिपासमाथि ६–३, ७–६ र ७–५ को जित निकालेका छन् ।
योसँगै जोकोभिचले कीर्तिमानी १० औं पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका छन् । जोकोभिचको यो समग्रमा भने २२ औं ग्रान्डस्लाम उपाधि हो। जोकोभिचले सर्वाधिक धेरै २२ ग्रान्डस्लाम जित्ने स्पेनिस खेलाडी रफायल नाडालको कीर्तिमानमा समेत बराबरी गरेका छन् ।
अष्ट्रेलियन ओपनको यो संस्करणमा भने नदाल दोस्रो चरणमै बाहिरिएका थिए ।
प्रतिक्रिया