मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलिया टुरमा रहेको नेपाली लोकरक ब्याण्ड नेपथ्य एडिलेड आइपुगेको छ। अष्ट्रेलिया टुरको डार्बिनबाट भब्य सुरुवात गरेको नेपथ्य आज एडिलेड आइपुगेको हो।
नेपथ्यले शनिबार (जनवरी २८)मा एडिलेडको हिन्डले स्ट्रीट म्युजिक हलमा सांगीतिक कार्यक्रम गर्दैछ । ‘म्युजिक फर ह्युम्यानिटी’ अष्ट्रेलिया टुर २०२३ नाम दिइएको यो सांगीतिक यात्रालाई ग्रीस इभेन्ट एण्ड इन्टरटेनमेन्टले साथ दिएको छ।
नेपथ्य अष्ट्रेलिया टुरको एडिलेडको टाइटल स्पोन्सरको रुपमा ग्रीस इन्टरनेस्नल एजुकेशन एण्ड माइग्रेसन एडिलेडरहेको छ ।
एडिलेडलाई संगीतमय बनाउन अमृत गुरुङलाई सधैँजस्तै ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिने छन्।
नेपथ्य लाइभ इन एडिलेडमा सहभागी हुन टिक खरिद गर्नु भएको छैन भने यो लिंकमा क्लिक गरेर टिकट खरिद गर्न सक्नुहुने छ।
‘मानवताका लागि संगीत’ नामको सांगीतिक अभियान यात्रामा नेपथ्यले हालै एक महिना लामो देशव्यापी यात्रा गरेको थियो। अपेक्षाकृत सफलता सहित सम्पन्न सो यात्राले संगीतको माध्यमबाट मानवता प्रवर्द्धन गर्न सफल भएको जस पाएको थियो । सोही सांगीतिक यात्राबाट प्रेरित भएर नेपथ्यले अष्ट्रेलिया टुर गरेको हो।
चार वर्षअघि नेपथ्यले अष्ट्रेलियाका चार सहरमा कन्सर्ट गरेको थियो।
प्रतिक्रिया