मेलबर्न अष्ट्रेलिया ।
अष्ट्रेलियाको भिक्टोरियामा एक नेपालीको पानीमा डुबेर मृत्यु भएको छ । भिक्टोरिया राज्यको ‘एपोलो बे’ मा मनिष गुप्ताको पानीमा डुबेर ज्यान गएको हो।
परिवारसहित क्याम्पिङमा गएका मनिष नजिकैको तलाउमा पौडी खेल्न जाँदा पानीमा डुबेर मृत्यु भएको रामकुमार श्रेष्ठले बताएका छन् । तालमा डुबेका मनिषको तत्काल उद्धार हुन नसक्दा ज्यान गएको श्रेष्ठले बताए ।
आफूले लगाइराखेको लाइफ ज्याकेट दश बर्षिय भतिजलाई दिएको केही समयपछि तालको भागबाट गहिरो भागमा चिप्लिएका थिए।
प्रतिक्रिया