आज एडिलेडको ‘हिन्डले स्ट्रीट म्युजिक हल’ तताउँदै नेपथ्य

आज एडिलेडको ‘हिन्डले स्ट्रीट म्युजिक हल’ तताउँदै नेपथ्य


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलिया टुरमा रहेको नेपाली लोकरक ब्याण्ड नेपथ्यले आज एडिलेडमा लाइभ कन्सर्ट गर्देछ। अष्ट्रेलिया टुरको डार्बिनबाट भब्य सुरुवात गरेको नेपथ्य आज एडिलेडको हिन्डले स्ट्रीट म्युजिक हल संगीतमय बनाउँदै छ।

साँझ ७ः३० बाट सुरु हुने उक्त कार्यक्रमका लागि सम्पुर्ण तयारी पुरा भएको गिरिश इभेन्ट एण्ड इन्टरटेनमेन्टले जनाएको छ। नेपथ्य अष्ट्रेलिया टुरको एडिलेडको टाइटल स्पोन्सरको रुपमा ग्रेस इन्टरनेस्नल एजुकेशन एण्ड माइग्रेसन एडिलेड रहेको छ ।

हिन्डले स्ट्रीट म्युजिक हललाई संगीतमय बनाउन अमृत गुरुङलाई सधैँजस्तै ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिने छन्।

नेपथ्य लाइभ इन एडिलेडमा सहभागी हुन अझै टिक खरिद गर्नु भएको छैन भने यो लिंकमा क्लिक गरेर टिकट खरिद गर्न सक्नुहुने छ ।

मानवताका लागि संगीत’ नामको सांगीतिक अभियान यात्रामा नेपथ्यले हालै एक महिना लामो देशव्यापी यात्रा गरेको थियो। अपेक्षाकृत सफलता सहित सम्पन्न सो यात्राले संगीतको माध्यमबाट मानवता प्रवर्द्धन गर्न सफल भएको जस पाएको थियो । सोही सांगीतिक यात्राबाट प्रेरित भएर नेपथ्यले अष्ट्रेलिया टुर गरेको हो।

चार वर्षअघि नेपथ्यले अष्ट्रेलियाका चार सहरमा कन्सर्ट गरेको थियो।